चितवन – गोरखा बारपाकि सुलिकोट गाउँपालिकाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ ।
बारपाक सुलिकोट गाउँपालिका १ बारपाककी १९ बर्षिया महिलाको चितवन स्थित भरतपुर अस्पतालमा ज्यान गएको हो ।
सुत्केरी भएको १९ दिनमा उनको ज्यान गएको भरतपुर अस्पतलाले पुष्टी गरेको छ । उनको मंगलबार दिउसो ४ बजे ज्यान गएको थियो ।
स्वाव प्रश्वासमा समस्या आए पछि स्वाब परिक्षण गर्दा कार्तिक ५ गते संक्रमण देखिएको उत्त महिलालाई ६ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । सुत्केरी महिलाको उपचारमा अस्पतालले हर संभव प्रयास गरेको जनाएको छ ।


