गोरखा – गोरखाको २ नगरपालिकामा आज थप ४ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार र गोरखा नगरपालिका रहेका ४ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज (सोमबार) बिहान जारी गरेको विज्ञप्ती अनुसार पालुङटार नगरपालिका १० मा ३३ र ३४ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो । त्यस्तै गरी गोरखा नगरपालिका ९ र १० को ३२ र ३९ बर्षको पुरुषमा समेत संक्रमण देखिएको जनाएको छ ।
संक्रमित चारै जना चितवन मेडिकल कलेजमा उपचारका क्रममा जादाँ फिभर क्लिनिकमा लिएको स्वाबमा पोजेटिभ देखिएको हो ।



