गोरखा – सदरमुकाममा तास खेली रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा नगरपालिका ६ अफिस एरियाबाट उनीहरुलाई पक्राउ गरिएता पनि नाम भने खुल्न सकेको छैन ।
प्रहरी निरिक्षक सिमोन घितालको कमाण्डमा रहेको प्रहरीले टोलीले प्रहरी चौकीको १०० मिटर पेरीफेरीमा रहेको होटलमा तास खेलीरहेका ४ जनाको समूहलाई नियन्त्रणमा लिएको एक स्थानियले बताए ।
स्थानियका अनुसार घर भित्र साँचो लगाएर तास खेलिरहेका उनीहरुले प्रहरी टोलीलाई घर भित्र प्रवेश गर्न अवरोध गरेका थिए । निकै बेरपछी घरको मुल गेट खोलेका घर बेटी सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथमा तास र पैसा केही पनि नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई मुद्वा चलाउने वा त्यसै छाड्ने भन्ने बिषयमा छलफल भई रहेको समेत जानकारी प्राप्त भएको छ ।
पक्राउ परेकाहरुकाे नाम भने प्रहरीले खुलाउन चाहेनन् ।


