गोरखा – कसैले तपाईलाई एउटा काम लगाएर त्यो काम बापत नगद १० हजार पाउछस् भन्यो भने गर्नुहुन्छ कि नाई ?
पैसा देखे पछि शिवको त तिन नेत्र बल्छ भन्थ्यो त्यो माथि पनि मानिसको ? त्यस्तै भएको छ गोरखा बजारमा । सदरमुकाममा रहेको एस मोबाईल र सराल ईलेक्ट्रोनिक्सबाट यसै साता ३ दिनमा २ वटा मोबाईल चोरी भयो ।
चोर यती चलाख थियो कि उसले कुनै पनि सुराख छाडेन । तर पसलमा भएको सिसी क्यामेरामा कैद भएको भिडियो भने पसलेलाई बरदान साबित भयो । दुवै पसलेले पसलमा आउने सबैलाई सो भिडियो देखायो र मानिस चिनाउनेलाई १० हजार नगद दिने बतायो ।
त्यस्तैमा तराई मुलका मानिस जस्तो देखिने ब्यत्ति चोरीमा सम्लग्न भएका कारण दुवै पसलेले तराई मुलकै मानिसहरुलाई प्रलोभनमा पारे । त्यही लोभमा फसेका १ जनाले आज चोरी गर्ने मानिस भागेको भन्दै मोबाईल बुझाउन ल्याए र सोही मार्फत पसलेहरु चोर सम्म पुग्न सफल भए ।
घटना के भएको थियो ?
पहिलो घटना
यसै साताको आईबार (कात्र्तिक २ गते) साँझ तिर गोरखा नगरपालिका ६ को अफिस यरियामा रहेको एस मोबाईलमा मानिसको भिड नै थियो ।
तराई मुलका १ ब्यत्तिले आफुलाई मोबाइल चाहिएको भन्दै नानाथरी मोबाईल देखाउन भन्यो । ब्यापारीन हो मोबाईल बिक्री गर्ने दाउमा धेरै मोबाईल देखाउन थाल्यो ।
त्यही मौकामा चोरले पसलको अलिक अप्ठ्यारो स्थानमा रहेको मोबाईल देखाउन भन्यो । मोबाईल झिकेर देखाउन खोज्दा उसले पहिले हेरेको एमआई रेडमी नोट ९ को मोबाईल लिएर गायब भयो ।
दोस्रो घटना
कात्र्तिक ४ गते मंगलबार । उनै ब्यक्ति लोकतान्त्रिक चोकमा रहेको सराल इलोक्ट्रोनिक्स पसलमा आउछ । एउटा एउटा गरी धेरै मोबाईल हेरी सके पछि सबै भन्दा माथि रहेको मोबाईल देखाउन भन्छन् । मोबाईल झिकेर देखाउन नपाउदै पहिले देखी उनको हातमा रहेको एमआई रेडमी नोट प्रो मोबाईल लिएर १२ः३० बजे गायब हुन्छ ।
मोबाईल र मानिस हराउने बित्तिकै सिसी टिभी फुटेजमा रेकर्ड भएको भिडियो पसलमा आउने ग्राहकलाई देखाउन शुरु गरिन्छ ।
शुक्रबार पनि मोबाईल पसलमा तराई मुलका केही मानिस आउछन् । उनीहरु सबैलाई पहिले रेकर्ड भएको भिडियो देखाएर मानिस चिनाएको खण्डमा १० हजार नगद दिने कुरा उठ्छ ।
केही पनि नभनी पसलबाट निस्किएका ब्यत्तिले आज बिहान ९ः३० बजे मोबाईल लिएर आयो र १० हजार नगद दावी गरयो । तर ल्याउने ब्यत्ति यसरी फस्यो कि त्यो मोबाईल सराल इलोक्ट्रोनिक्स बाट चोरी नभएको भएर एस मोबाईलको हुन्छ ।
दुवै ब्यापारीले ति ब्यत्तिलाई केरकार गर्दा पनि मोबाईल चोरी गरेको ब्यत्ति भागेको भन्दै केही बताउन चाहदैनन । नाम नभन्दा र मानिस नचिनाउदा सम्म मानिस नछाने भए पछि अन्तत् उसले साथीलाई चिनाई दिन्छ ।
त्यस पछी…
चोरी घटना संलग्न रौतहट फत्तेपुरका चन्दन साहानीलाई ब्यापारीको एक समूहले खेलकुद मैदान नजिकैबाट नियन्त्रणमा लिन सफल भयो । पक्राउ परेको साहानीलाई चोरी गरेको भिडियो देखाउदा पनि त्यो आफु नभएको र आफुले चोरी नगरेको भन्दै भाग्न खोज्दा ब्यापारीले सामान्य हातपात पछि चोरीको माल देखाउन तयार हुन्छ ।
चोरी गरेको मोबाईल साथीहरुले थाहा पाउने डरले उनले गोरखा नगरपालिका ८ को खोलखोले क्षेत्रको जंगलमा खाडल खनेर पुरेर राखेको अवस्थामा फेला परेको थियो । दुवै मोबाईल नयाँ र सकुसल भएको ब्यापारीहरुले बताएका छन् ।
पक्राउ परेको साहानी र २ थान मोबाईल अहिले जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ । साहानीलाई पक्राउ गर्दा १९ बर्ष भनेका उनले अहिले उमेर डाटेर आफु १६ बर्ष मात्र भएको जानकारी प्रहरीले दिएको छ ।
उमेर हदका कारण साहानीलाई मुद्वा दर्ता गरेर कारवाही गर्न सक्ने अवस्था नरहने कार्यालयले जनाएको छ ।




