गोरखा – जिल्ला हिजो र आज गरेर थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकामा गरी थप ३ जनामा संक्रमण पुष्टी भएको हो ।
हिजो (शुक्रबार) प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा नगरपालिका ६ का ४० बर्षका पुरुषमा संक्रमण पुष्टी भएको भन्दै जारी गरेको सूचना ठेगाना गतल भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए । उनी गण्डकी गाउँपालिका ६ को भएको पुष्टी भएको छ ।
त्यस्तै गरी आज पनि निर्देशनालयले सूचना जारी गदै गोरखा नगरपालिका ६ का ३७ बर्षका महिलामा संक्रमण देखिएको जनाएता पनि आज पनि ठेगाना गलत भएको फोकल पर्सन अर्यालले बताए । अर्यालका अनुसार आज संक्रमण देखिएका महिला साता दिन अगाडी मात्रै गोरखा क्याम्पसका आइसोलेसनमा काम गर्ने महिला स्वास्थ्यकर्मी भएको र उनको स्वाब परिक्षणमा पुनः पोजेटिभ देखिएको हो ।
आजै निर्देशनालयले जारी गरेको सूचना अनुसार पालुङटार नगरपालिका २ का ३४ बर्षका महिला र ९ को ४० बर्षका पुरुषमा संक्रमण देखिएको छ । दुवै जना उपचारको क्रममा चितवन मेडिकल कलेज पुग्दा फिभर क्लिनिकमा स्वाब परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
यो सहित गोरखामा संक्रमितहरुको संख्या ४०९ जना पुगेको छ । बाहिरी जिल्लामा स्वाब संकलन भएर पोजेटिभ देखिएका ४५ जना पुगेको छ ।




