गोरखा – गोरखा दरर्बारको दशै घरमा फुलपाती भित्राउने काम सम्पन्न भएको छ ।
दशैको ७ औं दिन परापूर्वकाल देखी गोरखा दरर्बारको दशै घरमा फुलपाती भित्राउने चलन अनुसार भित्राईएको हो ।
दरर्बारको दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्रयाईको छ ।
कसरी भित्राईन्छ फुलपाती ?
२ सय बर्ष भन्दा पुरानो ईतिहास रहेको यो परम्परा अनुसार गोरखा दरर्बारबाट दिउसो जंगी सहितको निशानको टोली सतिपिपल चौतारोमा पुग्ने गर्दछन् । उत्त टोलीले बिहानी साईनमा संकलन गरेर ल्याई राखेको फुलपाती डोलीमा राखेर तयारी अवस्थामा रहने गर्दछ ।
गोरखा दरर्बारबाट निस्कीएको बाजागाजा र हर्ष बढाई सहितको दोस्रो टोलीमा ५ ब्रामण, छाता, कलश, भारबानेर, कटवाल, कल्सेनी, मंगललेनी, हजाम, दानादारको टोली गणेशथान, रामशाह चौतारो हुदै पोखरा थोकको माथिल्लो भाग हुदै तल्लो कोटको भेटीमा पुग्ने गर्दछ ।
दोस्रो टोली आएको थाहा पाए पछि पहिलो टोलीले सजाएको फुलपाती लिएर जंगी र निशान सहित फेदीमा भेट हुन्छन् ।
फेदीमा भेट भएको टोलीलाई दोस्रो समूहमा गएका ब्रामणहरुले पूजाआजा गरी फुलपाती गोरखा दरर्बार लैजाने र पश्चिममा घाम नडुको र धेरै उज्यालो पनि नभएको समय मिलाएर कालिका मन्दिर अर्थात दशै घरमा फुलपाती भित्राउने गरिन्छ ।
के के हुन्छ आज साँझ गोरखा दरर्बार र कालिको मन्दिरमा ?
पुरानो ईतिहास बोकेको परम्परा अनुसार फुलपाती भित्राए पछि साँझ भद्रकालीको पुजा अर्चना हुने र पशु बली दिने गरिन्छ ।
साँझ नै दिप सवारीका साथै बैधिक बिधी अनुसार पुजाआजा हुनुका साथै राती अबेर सम्म नियमीत पुजा हुने गर्दछ ।








