गोरखा – गोरखाको २ स्थानिय तहमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको गोरखा नगरपालिका र शहिद लखन गाउँपालिमाका २ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचनामा देखिएकाहरुमा गोरखा नगरपालिका ४ का २२ बर्षका पुरुष र शहिद लखन गाउँपालिका ९ का ४२ बर्षका पुरुषमा संक्रमण देखिएको छ ।
दुवै जनालाई चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिवर क्लिनीकमा स्वाब परिक्षण गर्दा संक्रमण देखिएको हो ।



