×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आफ्नै ओटिटी प्लेटफर्ममार्फत नयाँ फिल्ममेकरसँग सहकार्य गर्नेछु –रुद्र गुरुङ

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अन्तर्मुखी स्वभावका छन्, रुद्र गुरुङ । खुलेर बाहिर आउन वा झ्याली पिटेर आफ्नो प्रचार गर्न रुचाउँदैनन् । यद्यपि उनी वर्षौंदेखि अविछिन्न सिनेमा वृत्तचित्र निर्माण, निर्देशनमा खटिएका छन् । सुरुवाती दिनमा उनले नयाँ–पुराना सर्जकका गीत संकलन, रेकर्ड र गीति संग्रह निकाल्ने काम गरे । त्यस क्रममा अम्बर गुरुङ, फत्तेमान राजभण्डारी, मणिकरत्न, प्रेमध्वज प्रधानदेखि कुबेर राई, दावा ग्ल्यामोसम्मका गीति संग्रह निकाले ।

    पछिल्लो समय उनी सिनेमाको पोस्ट प्रोडक्सनदेखि छायांकनसम्मका व्यवस्थामा खटिएका छन् । आरबिए फिल्म्स् अन्तर्गत उनी सिनेमा छायंकनका लागि आवश्यक क्यामेरा, ट्रली, जोनी जीपदेखि लइटसम्मको व्यवसाय गरिरहेका छन् ।

    अहिले भने उनी ओटिटी प्लेटफर्मतर्फ तानिएका छन् । आफ्नो बेग्लै भिडियो स्ट्रिमिङ साइट आरबिएसिनेप्राइम अन्तर्गत सिनेमा, वृत्तचित्र, वेब सिरिज प्रदर्शनको तरखरमा लागेका छन् । विश्वव्यापी रुपमा बढिरहेको ओटिटी प्लेटफर्मको बजारलाई मध्यनजर गरेर गुरुङले नेपाली आरबिएसिनेप्राइम सुरु गरेका हुन् ।

    त्यसो त अहिले कोरोना भाइरसको बढ्दो जोखिमले सिनेमा हलहरु ठप्प छ । प्रदर्शन मिति कुरेर बसेको सिनेमाहरु थन्किएका छन् । यस्तो पृष्टभूमीमा नेटफ्लिक्स जस्ता ओटिटी प्लेटफर्मले तिब्रताकासथ आफ्नो पकड जमाउँदैछ । यसले सिनेमा हेर्ने संस्कारमा नै परिवर्तन ल्याइदिएको छ । यही परिवर्तनलाई आत्मसात गर्दै ओटिटी प्लेटफर्म आरविएसिनेप्राइम सुरु गरेको गुरुङ बताउँछन् ।

    आफ्नै भिडियो स्ट्रिमिङ साइट सञ्चालन गर्ने जाँगर कसरी चल्यो ?

    त्यही क्षेत्रमा काम गर्दै आइरहेको हुँदा अहिलेको समय अनुसार कुन कुरा उचित हुन्छ भनेर सोचिन्छ । अहिले विश्वव्यापी रुपमै ओटिटी प्लेटफर्मको ट्रेन्ड फस्टाएको छ । हलहरु बन्द भएका कारण पनि धेरैजना ओटिटी प्लेटफर्मबाटै सिनेमा, बेवसिरिज हेर्न थालेका छन् । अहिलेको युग सुहाउँदो व्यवसाय हुन्छ भन्ने लागेर मैले पनि आरबिएसिनेप्राइम सार्वजनिक गरेको हो । अब सिनेमाको भविष्य ओटिटी प्लेटफर्ममै छ ।

    अहिले हामीकहाँ नेटफ्लिक्स जस्तो प्लेटफर्म हावी छ । त्यसै मार्फत हाम्रा दर्शकहरु विश्वभरका सिनेमा हेरिरहेका छन् । यस्तो अवस्थामा घरेलु प्लेटफर्मले बजारमा प्रतिस्पर्धा गर्न सक्छ ?

    तपाईंले भनेजस्तै स्थिती छ अहिले । नेटफिलिक्स, अमेजन प्राइम, डिज्नी हटस्टार आदिसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसैगरी भारतमा पनि थुप्रै ओटिटी प्लेटफर्म सञ्चालनमा छन् । तर, हामी तिनीहरुसँग डराएर चुपचाप बस्ने हो भने भोलिका दिनमा के होला ? कसै न कसैले चुनौती त लिनु नै छ । सुरुवात त गर्नु नै छ । यसबाट म रातारात पैसा कमाई हुन्छ वा पपुलर हुन्छ भनेर लागेको होइन । तर, यो एउटा थालनी हो र यसले एउटा थीति भने बसाउनेछ । कसै न कसैले यो काम गर्नु त छँदैछ ।

    अब यसलाई कसरी सञ्चालन गर्नुहुन्छ ?

    मैले विगतमा केही चलचित्र, वृत्तचित्र निर्माण गरेको छु । प्रणय लिम्बुले निर्देशन गरेको ‘द स्पोन्सर’ जस्ता चलचित्र हामीले सार्वजनिक गरेका थिएनौं । यही प्लेटफर्मबाट अब सार्वजनिक गर्नेछौं । त्यस्तै रामबाबु गुरुङको स्क्रिप्टमा मैले बनाएको द नेकलेस पनि राख्नेछु गर्नेछु । भारतका प्रमूख बैंकहरु र लोकल गेटवे, इसेवा लगायत कुनैपनि पेमेन्ट गेटवेबाट पैसा भुक्तानी गरेर यहाँ सिनेमा हेर्न सकिनेछ ।

    अरु सिनेमाहरुमा लगानी, निर्माण वा खरिद पनि गर्नुहुन्छ ?

    सिनेमा खरिद गर्नेभन्दा पनि अहिले सहकार्यमा काम गर्ने सोंच छ । खासगरी नयाँ फिल्ममेकरहरु जोसँग राम्रो कन्सेप्ट छ, उनीहरुले हामीसँग सहकार्य गर्न सक्छन् । जस्तो मेरो आरबिए फिल्म्ससँग जतिपनि इक्विपमेन्ट छ, त्यसलाई साझेदारमा प्रयोग गर्न सकियो । पोस्ट प्रोडक्सनदेखि अरु थुप्रै काम हामी आफै गरिरहेका छौं । खासमा मैले एउटा प्लेटफर्म तयार गरेको हो, स्रोत साधन पनि मसँग पर्याप्त छ । अब मलाई सिनेमा बनाउने क्रिएटिभ युवाहरुको खाँचो छ । यदि उनीहरुले राम्रो कन्सेप्ट लिएर आउँछन् भने म हरेक किसिमले सहकार्य गर्न तयार छु ।

    जस्तो ?

    अहिले बनिरहेको कमर्शियल जस्तो भन्दा पनि अलि फरक र आफ्नोपन भएको । मौलिक किसिमको । फिचर फिल्म होस् वा सर्ट फिल्म या त डकुमेन्ट्री नै, सबैमा काम गर्न सकिन्छ ।

    तपाईंको खास व्यवसाय सिनेमाको लागि आवश्यक इक्विपमेन्ट हो । कस्ता कस्ता इक्विपमेन्ट छ हामीसँग ?

    अहिले प्रचलनमा आएको राम्रो राम्रो इक्विपमेन्ट सबै मसँग छ । मसँग भएको इक्विपमेन्ट लिएर जस्तो पनि सिनेमा बनाउन सकिन्छ । अहिले हामीकहाँ आइरहेका टेलिभिजन रियलिटी शोहरुमा हाम्रै इक्विपमेन्ट प्रयोग भइरहेका छन् । नेपाल आइडल, द भ्वाइस अफ नेपाल, को बन्छ करोडपति, नेपाल स्टार, लोक स्टार, बुगी वुगी ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.