सुनिल गिरीले दसैंको अवसर पारेर नयाँ गीत मसला सार्वजनिक गरेका छन्।
कोरोना कहरको समयमा गायक गिरीले आफ्नै निर्देशनमा तयार पारेको मसलामा गायिका एलिना चौहानको स्वर रहेको छ।
गीतको भिडियोमा सुधीर श्रेष्ठ, बुद्धि तामाङ, नायिका जेबिका कार्की र विशाल रेग्मीलाई स्थान दिइएको छ। गायक स्वयम्कै शब्द, संगीत र एरेन्ज रहेको गीतमा टिकटकबाट चर्चा कमाएका सुधीर र जेबिकाको जोडी जमेको छ।
सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। विकाश दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन्।


