गोरखा – गोरखामा आज कोरोना जितेर १२ जना घर फर्किएका छन् । त्यस्तै गरी आजै थप ३ जना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिका १२ जनाले कोरोना जितेर घर फर्किएका हुन भने गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोटका १÷१ जनामा संक्रमण पुष्टी भएको हो ।
गोरखा अस्पतालले एक सूचना जारी गर्दै गोरखा नगरपालिका वडा नम्बर ६ का ११ जना पुरुष कोरोना जितेर घर फर्किएको जनाएको छ । त्यस्तै गरी आजै अजिरको गाउँपालिका ५ १ जना पुरुषले पनि कोरोना जितेर घर फर्किएको छ ।
उनीहरु सबैको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश जनस्वास्थ्य प्रयोशाला पोखरामा गरिएको स्वाब परिक्षणमा नेगेटिभ आए पछि र गोरखा क्याम्पसमा रहेको आइसोलेसनमा १४ दिन बसे पछि आज डिस्चार्ज गरिएको हो ।
आजै गोरखाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोटका १/१ जना गरी थप ३ जनामा संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिका ८ का २१ बर्षका महिला, सिरानचोक गाउँपालिका ३ का ४६ बर्षका पुरुष र बारपाक सुलिकोटका १ का १९ बर्षका महिलामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित सबै चितवन मेडिकल कलेजमा उपचारका लागि जादाँ त्यही संक्रमण देखिएको हो ।




