गोरखा – गोरखाको झिगंटे भन्ने स्थानमा हिजो राती भएको ट्याक्टर दुरर्घटनामा परी ४ जना घाईते भएका छन् । घाईते बसैको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भई रहेको छ ।
बुधबार राती भीमसेन थापा गाउँपालिकाको घ्याम्पेशाल बजारबाट बोर्लाङ तर्फ जादै गरेको ना. ३ त ६५२१ को ट्याक्टर झिगंटे भन्ने स्थान नजिकै सिमलगैरीमा दुर्घटना भएको हो ।
राती ८ः३० बजे भएको उत्त घटनामा परी २० बर्षका चालक सागर रोका, २२ बर्षका रमेश परियार, १६ बर्षका बिनोद परियार र १५ बर्षका सुरज परियार घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखोल जनाएको छ ।
घाईते चारै जनाको अवस्थामा अहिले सामान्य रहेको छ । ट्याक्टर सडकबाट ३०० मिटर तल खसेको छ । घाईते सबै भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका बासिन्दा भएको खुल्न आएको छ ।




















