गोरखा – जिल्ला स्वास्थ्य कार्यालय गोरखाले मंगलबार संघमा पठाएको स्वाब फिर्ता भए लगत्तै प्रदेश पठाईएको छ ।
संघ अन्तरर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको स्वाब लिन अस्विकार गरे पछि बुधबार कार्यालयले प्रदेश जनस्वास्थ्य कार्यालय पोखरा पठाएको हो ।
कार्यालयका अनुसार गोरखा सदरमुकाम र विभिन्न पालिकाको २३४ स्वाब परिक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाईएको थियो । प्रयोगशालाले सरकारको निर्णय अनुसार स्वाब परिक्षण गर्दा शुल्क तिनुपर्ने भने पछि स्वाब मंगलबार नै गोरखा फिर्ता आएको हो ।
‘जिल्लाबाट पठाएको स्वाब के कति कारण नबुझेको भन्ने अहिले सम्म पनि जानकारी नपाएको’ कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । ‘ति सबै स्वाब प्रदेश स्वास्थ्य निर्देशनाय पोखरामा पुगी सकेको’ अर्यालले जानकारी दिए ।
स्वाब फिर्ताको बिषयमा जानकारी लिन कार्यालय प्रमुख बिद्या तामाङ संग कुराकानी गर्न खोज्दा उनी सम्र्पकमा आउन मानेन् । उनी दशै मनाउन घर तर्फ गएको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।




















