गोरखा – गोरखाका आज थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको १ जना महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।
निर्देशनालयले आज (बुधबार) बिहान ६ः३० बजे सूचना जारी गर्दै बारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटकी २८ बर्षिया महिलामा संक्रमण देखिएको जनाएको छ ।
संक्रमित महिलालाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा संक्रमण देखिएको हो ।





















