गायक कृष्ण काफ्लेको ‘ढुंगेधाराको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। काफ्ले र नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका ममता गुरुङको सुमधुर स्वरमा ‘ढुंगेधाराको’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो।
गीतमा गायत्री ज्ञवालीको शब्द र आलोक श्रीको संगीत रहेको छ। भिडियोमा गम्भीर विष्ट, गीता ढुंगाना र कृष्ण काफ्लेको अभिनय रहेको छ। भिडियोमा एक युवतीले एकैपटक दुई युवकसँग प्रेम सम्बन्ध निभाइरहेको देखाइएको छ।
गम्भीर विष्टको निर्देशन र नवीन निरौलाको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन्।




















