नेपालीहरूको महान् चाड दसैंतिहार नजिकिएसँगै चाडपर्व लक्षित गीत आइरहेका छन्। यही क्रममा गायिका कविता खत्री र तिलक बस्नेतको स्वरमा रहेको ‘दसैं आयो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
समीरप्रकाश पाण्डेको शब्द र तिलक बस्नेतको संगीत रहेको यो गीतमा आफूलाई माया गर्ने मान्छे परदेशी भूमिमा जानुपर्दाको वेदना समेटिएको छ।
सिर्जन बरालको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल जीबी गुरुङ, चिरञ्जीवी सापकोटा, गीता ढुंगाना र रुविसा श्रेष्ठको अभिनय छ। भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका छन्।
भिडियो आहा टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।




















