फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ। आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको दोलखाको कालिन्चोकबाट छायाँकन सुरु भएको हो।
काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत ‘कुन देश कि परी’बाट छायाँकन सुरु गरेको हो। गीतको छायाँकन कालिन्चोक आसपासका स्थानमा गरिएको छ। गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका छन्।
कालिन्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकाले हेलिकोप्टर चार्टर गरेर फिल्म छायाँकन गर्न त्यहाँ पुगेको निर्देशक लामाले बताए। ‘प्राकृतिक सुन्दरता र मौसमले कालिन्चोक साँच्चै स्वर्ग जस्तै लाग्यो’, लामाले थपे।
अभिनेत्री कविता रायले कालिन्चोकको सौन्दर्यले आफू मोहित भएको बताइन्। पहिलो पटक कालिन्चोक पुगेकी कविताले भनिन्, ‘कालिन्चोको सौन्दर्य वर्णन गरेर नसकिने छ।’




















