‘पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यैरी’ लगायतका चर्चित गीतका गायक आशिष सचिन (गौतम)को नयाँ गीत ‘पानी बादलु’ को भिडियो सार्वजनिक भएको छ ।
गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छिन् । डान्सिङ शैलीमा तयार भएको गीतमा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ।
भिडियोमा गायक आशिषसँगै मोडल एलिशा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य छ ।
भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय देख्न सकिन्छ । गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीको टिमले छायांकन गरेको हो ।
उदयराज पौडेलले एरेन्ज, श्यामश्वेत रासाइलीले मिक्सिङ गरेकोे गीतको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।




















