गोरखा – गोरखामा आज ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिकाका ८ जना सहित ११ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ६ मा केन्द्रिय कार्यालय रहेको साधना लघु वित्तिय संस्थाका २ जना कर्मचारी (१ जना पुरुष र १ जना महिला), १ जना ठेकेदार, १ जना महिला एयर होस्टेज र १ जना गैससमा काम गर्ने कर्मचारी रहेको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
त्यस्तै गरी ६ मा नै घर भएका भारतीय सेनाबाट छुट्टीमा घर आएका ब्यत्तिमा पनि संक्रमण देखिएको छ । नगरपालिकाको ६ मा मात्रै आज ८ जनामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिका ९ मा १ जना र १२ मा २ जना पुरुषमा संक्रमण देखिएको छ । १२ मा संक्रमण देखिएका १ जना पुरुष भने ब्यापारी भएको पुष्टी भएको छ ।



