गोरखा – माओबादी–सरकार युद्वका क्रममा ज्यान गुमाएकी कमला भट्टको २३ औं स्मृती दिवश सम्पन्न भएको छ ।
तत्कालिन नेकपा (माओबादी) निकट अखिल नेपाल महिला सङ्गठन क्रान्तिकारी जिल्ला सचिव भट्टको स्मृतीमा दिवस मनाइएको हो ।
बारपाक सुलिकोट गाउँपालिकाको ताकुमाझ लाकुरीबोटमा सम्पन्न स्मृतिसभा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टका साथै नेकपा बारपाक सुलिकोट गाउँपालिकाका पार्टी अध्यक्ष नरबहादुर गुरुङ लगायतले भट्टको सम्झनामा तस्विरमा माल्र्यापण गरेका थिए ।
युद्धका क्रममा भट्टलाई तत्कालिन शाहि सेनाको गोली लागेर ज्यान गुमाएकी हुन् ।


