पोखरा – गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट संक्रमित भएका मध्ये सोमबार सम्म ३६०० सय भन्दा बढी निको भएर घर फर्किएका छन् ।
प्रदेशको विभिन्न जिल्लामा गरी हिजो सम्म ५ हजार ९६० जनामा संक्रमण देखिएका मध्ये ३ हजार ६०५ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
प्रदेशको ११ जिल्लामा हिजो सम्ममा ८२ हजार ६३४ जनाको स्वाब परिक्षण गर्दा ५ हजार ९६० जनामा संक्रमण देखिएको थियो । प्रदेशको विभिन्न जिल्लामा अझै पनि २ हजार ३०१ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
संक्रमणबाट हिजो सम्ममा ५४ जनाले ज्यान गुमाई सकेको छ ।
कुन जिल्लामा कति संक्रमित छन् त ?
श्राेत : गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखरा



