×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

वृत्तचित्रमा पहिलो धिमेवादक महिला

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालकै पहिलो धिमे तथा नौबाजा बजाउने महिला इन्दिरा लक्षिमस्युको जीवनीमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ ।
    घटस्थापनाको दिनको शुभ साइतमा संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाबु ग्वंगको प्रमुख आतिथ्यतामा उक्त वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्रलाई सार्वजनिक गर्दै मन्तब्य दिने क्रममा ग्वंगले भक्तपुरका महत्वपूर्ण बिभिन्न सांस्कृतिक वैभवलाई यसरी विश्वसामु पुर्याउन आ-आफ्नो किसिमले भूमिका निर्बाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

    नेपाली उद्यमी, गैर आवासीय नेपाली सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय परिषदका भूतपूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार जीवा लामिछानेले हाम्रा लोकवाजा, लोकगीत, नृत्य हाम्रो सांस्कृतिक धरोहर भएकोले हाम्रो सांस्कृतिक परंपराको नासो धिमे र नौवाजा आफूले सिकेर नयाँँ पुस्तालाई हस्तान्तरण गर्ने अभियानमा लाग्ने इन्दिरा लक्षिमस्युको जति प्रसंशा गरे पनि कम हुने बताए ।

    लामिछानेले भावनामा आएर गरिएका काम दिगो हुन नसक्ने बताउँदै नृत्य र वाजाको परंपरालाई सामयानुकूल ब्याबसायिकिकरण गर्न सकियो भने मात्रै यसले स्ठायित्व पाउने भएकोले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको गैर आवासीय नेपाली सङ्गठन यो कार्यमा सहयोगी बन्न सक्ने धारणा ब्यक्त गरे ।

    लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विस्व संयोजक तथा अन्तरराष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठले सांस्कृतिक विविधताका आधारमा विश्वककै धनी देश नेपालमा नेवार समुदायको सांस्कृतिक परम्परा, रीति रिवाज अत्यन्तै बैभवशाली मानिने बताउँदै देशभर कूल १३ लाखको हाराहारीमा नेवारको जनसंख्या रहेकोमा करीब ६ लाख काठमाण्डौ उपत्यकामा भएका नेवार समुदायले नै मूलत: नेवारी भाषा र संस्कृतिलाई जोगाइराख्न महत्वपूर्ण भूमिका निर्बाह गरिराखेको मानिनेमा हाल उपत्यका बाहिर पनि नयाँँ पुस्ता यो कार्यमा सकृय हुन थालेकोमा खुशी ब्यक्त गरे ।

    श्रेष्ठले ‘धिमे बाजा’ महिलाले बजाउन त के छुन पनि नहुने भन्ने मान्यताका बाबजुद बिभिन्न समस्या र ब्यवधान सामना गर्दै अत्यन्तै संघर्षपूर्ण तवरले नयाँँ पुस्ताका युवतीहरुले आधिकारिक रुपमै बजाउने बातावरण तय गर्नु हुने इन्दिरा लक्षिमस्यु प्रेरणाको श्रोत भएको र यस्ता प्रेरणादायी लुकेको प्रतिभालाई डकुमेण्ट्रीको माध्यमबाट धेरैको सामु ल्याउन गरिएको यो प्रयास आँफैमा अर्को प्रसंसनिय काम भएको बताए ।

    अस्ट्रेलियाको भिक्टोरिया राज्यका अबैतनिक महाबाणिज्य दूत चन्द्र योञ्जनले नेपाल महिला सशक्तिकरणको बाटोमा गैराखेको बेलामा नयाँँ आयाम थपिदिने काम भन्दै इन्दिरा लक्षिमस्युको कामप्रति खुशी ब्यक्त गरे । वरिष्ठ रचनाकार सुबासचन्द्र ढुङेल प्रकाश सायमी, साहित्यकार ध्रुब मधुकर्मी, अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेती, ग्रेटर जिलोङ नेपालीज कम्युनिटीका अध्यक्ष डा. सन्तोष पाण्डे, दिदीबहिनी समाज भिक्टोरियाकी अध्यक्ष जमुना पराजुली र वरिष्ठ बैज्ञानिक डा. राजु अधिकारी आदिको पनि उपस्थिति थियो ।

    मोर्डन स्कूल तथा कलेजका संस्थापक प्रधानाध्यापक बाबुकाजी कसपालको स्वागत मन्तब्य र भक्तपुर सांगितिक समाजका अध्यक्ष प्रविण शाहीको अध्यक्षतामा सन्चालित कार्यक्रममा दुबैले मन्तब्य दिने क्रममा अस्ट्रेलिया निवासी सुशिल चालिसेले बिदेशमा बसेर पनि यसरी वृत्तचित्र बनाएर नेपालप्रति देखाएको माटोको मायाको मुक्त कण्ठले प्रसंशा गरे । भक्तपुर सांगितिक समाज आयोजक र मोर्डन स्कूल/कलेज सह आयोजक भएको कार्यक्रमको सन्चालन शशी कसपाल र बाबुराम पराजुलीद्वारा गरिएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.