गोरखा – गोरखाको बुंकोटमा रहेको एक बिद्यालय पुनः सञ्चालनका लागि दाताहरुले २ लाख ६५ हजार प्रदान गरेका छन् ।
शहिद लखन गाउँपालिका ७ का वडाध्यक्षको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले स्कुल सञ्चालनका लागि उत्त रकम प्रदान गरेका हुन् ।
प्राप्त रकम आज (सोमबार) एक कार्यक्रम बिच वडाध्यक्ष शरण श्रेष्ठले विद्यालयलाई हस्तान्रतण गरेका हुन् । कार्यक्रममा फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, काजि गुरुङ र अनिता गुरुङबाट जनही २० हजार र बलहादुर गुरुङबाट नगद १० हजार प्राप्त भएको जानकारी दिए ।
त्यस्तै गरी बुंकोट घर भई हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङको, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङ बाट जनही १० हजार र राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोसन श्रेष्ठ बाट जनही ५ हजार, जितबहादुर गुरुङले ७ हजार र सबिता थापाले स्कुल पुन सञ्चालनका लागि ३ हजार रुपैयाँ प्रदान गरेको वडाध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी गराए ।
स्कुल सञचालनका लागि गोरखा बजारमा फेन्सी संचालन गर्दै आएका सुबास मल्लबाट ५ थान राउण्ड टेवल, बसन्तराज श्रेष्ठबाट र इश्वरकाजी मास्केबाट १० थान प्लास्टिक कुर्सी प्राप्त हुनुका साथै लायन्स क्लव अफ आँबुखैरनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीले विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ ।
त्यस्तै गरी सुरेन हर्ट यातायात प्रालीका संचालक सुरेन्द्र कुँवरले शैक्षिक सामग्री, गोरखा नगरपालिका ३ नारेश्वरका ताराबहादुर खड्का र भिमसेन थापा गाउँपालिका ८ शिवहरी तिमल्सिना बाट शैक्षिक सामग्री, गोरखा उधोग बाणिज्य महिला उधामी बिकास समितीले ३० सेट डेस्र, भेष बहादुर खडकाबाट प्राप्त स्वाथ्य सामाग्रीहरु समेत स्कुललाई हस्तान्तरण गरिएको छ ।
बाल कक्षा ब्यवस्थापन, विद्यालयका लागि चाहिने कम्प्यूटर, फोटोकपी, स्पिकर, फरन्चिर , रङ, कार्पेट लगाएतसामग्रीका लागि प्राप्त नगद रकम खर्च गरिने बिधालयले जानाएको छ।




















