गोरखा – सामाजिक काममा सक्रिय रहेको दारी ग्याङले गोरखा बजारको विभिन्न क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।
बजारको ६ विभिन्न स्थानमा दारी ग्याङले जेब्रा क्रसिङ निर्माण गरेको हो । ‘चाडबाड आयो । बजारमा मानिसको भिड छ । जहाँ तहीबाट सडक क्रस गर्दा दुरर्घटना होला भनेर जेब्रा क्रसिङ निर्माण गरेको हौ’ दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्रप्रसाद न्यौपानेले बताए । ‘पहिले सडक विभागले बनाएको रहेछ । सबै कलर मेटियो । सडक वारपार गर्नेलाई सजिलो होस भनेर हामीले यो काम रोज्यौ’ अध्यक्ष न्यौपानेले भने ।
ग्याले अहिले गोरखा बजार क्षेत्र भित्र ५ स्थान र लक्ष्मी बजारमा गरी ६ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको समन्वयमा ग्याङले पुरानो बसपार्क, बैंक रोड, शत्तिचोक, अफिस एरिया र लोकतान्त्रि चोकमा जेब्रा क्रसिङ निर्माण गरि सकेको छ ।
सामान्य खर्चमा सर्व साधारणको जिउधन जोगाउन सकिन्छ र सवारी दुरर्घटना कम गर्न सकिन्छ भने किन नगर्ने भनेर युवाहरुले जुटेर काममा लागेको दारी ग्याङले जानकारी दिएको छ । ग्याङका सबै सदस्यले जेब्रा क्रसिङ निर्माणमा श्रमदान गरेका छन् ।
ग्याङले यो भन्दा अगाडी पनि विपतमा परेका समुदायहरुलाई विभिन्न प्रकारको सहयोगहरु गर्दै आएको छ ।






