फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ’बेस्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । राजधानीमा सम्पन्न ’दोस्रो फेसन एन्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई अमूल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल इन्टरनेसनल मिडियाले सम्मानित गरेको हो ।
रनर अप मिसेस हिमालयन २०१४, फेसन सो एट् हाउस अफ फेसन २०१८, फेसन सो एट् हेरिटेज अफ फेसन सिड्नी लगायत थुप्रै सोहरुमा उत्कृष्ट फेसन डिजाइनिङ गरेकी उनले फिल्म तथा म्युजिक भिडियोमा समेत डिजाइनिङ गर्दै आएकी छन् ।
राजधानीको कोटेश्वरमा भ्यालेन्टिनो द बुटिक नामको आफ्नै बुटिकमा उनले लेडिज तथा जेन्सका हरेक कपडाका डिजाइन गर्दै आएकी छन् ।
ललितपुरस्थित म्युजिक सिटीमा आयोजित समारोहमा वरिष्ठ अभिनेता भुवन केसीलाई ‘इभरग्रिन फेसन आइकन’ ले सम्मानित गरियो ।
त्यसैगरी, टेलिभिजनमा विभिन्न रियालिटी सो सञ्चालनको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाली रियालिटी सोलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नायिका तथा टेलिभिजन कार्यक्रम सञ्चालिका रिमा विश्वकर्मालाई ‘मस्ट इन्लुइन्सियल टिभी आइकन’ प्रदान गरियो ।
कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धर उपस्थित थिए ।
नेपाली फेसन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिका लागि फेसन र मोडलिङका साधकहरूलाई उत्साहित बनाउन र यो उद्योगको व्यवसायीकरणमा टेवा पुर्याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको छ ।
पेजेन्ट नेपाल इन्टरनेसनलले यस वर्षको ’पेजेन्ट नेपाल फेसन एन्ड मोडल अवार्ड ‘२०२०’ भने विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोनालाई दृष्टिगत गर्दै बिहीबार विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकाअनुरुप सञ्चालन गरेको थियो ।


