वर्ष २०१८ को सुपरहिट फिल्म ‘बधाई हो’ फिल्मको सिक्वेल निर्माण हुने भएको छ ।
ट्रेड एनालिस्ट एवं क्रिटिक्स तरण आदर्शका अनुसार फिल्मको सिक्वेल ‘बधाई दो’ निर्माण हुने भएको हो । फिल्ममा राजकुमार राव र भूमी पेडनेकरको भूमिका रहनेछ ।
यसअघि ‘बधाई हो’ मा भने आयुष्मान खुराना र सान्या मल्होत्रा रहेका थिए । यस फिल्मलाई हर्षवर्दन कुल्कर्णीले निर्देशन गर्नेछन् । फिल्ममा जंग्ली पिक्चर्सको लगानी हुनेछ
जसले तलवार, बरेलीकी बर्फी, बधाई हो, राजी लगायतका फिल्ममा लगानी गरेको छ । फिल्मको निर्माण थालनी अर्को वर्षको जनवरीबाट थालिने बताइएको छ ।




















