गोरखा – गोरखाको पन्थेश्वाराँबाट नगद सहित १२ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो (आइतबार) मध्येरातमा कृण्णबहादुर खनखवासको घरमा जुवा खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
गोरखा नगरपालिका ४ को पन्थेश्वाराँमा रहेको खनखवासको घरमा जुवा खेली रहेको भन्ने सूचनाको आधारमा प्रहरीले घर घेरा हालेर जुवा खेलीरहेका १२ जना सहित नगद १ लाख ४६ हजार भन्दा बढी बरामद भएको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । ‘पन्थेश्वाराँमा रहेको खनखवासको घरमा ठुलै जुवा खेलेको भन्ने सूचना प्राप्त हुनासाथै प्रहरी परिचालन गरीएको’ भन्दै ‘उत्त घरमा जुवा खेली रहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा ल्याईएको’ प्रहरी उपरिक्षक गुरुङ भने ।
चाढपर्व नजिकीदै गर्दा मानिसहरु जम्मा भएर जुवातास खेल्न सक्ने भएकोले त्यस्ता कार्यलाइ निश्तेज पार्न पनि विशेष प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले त्यस्तो कार्य भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेको छ ।
उनीहरुलाई आज (सोमबार) मुद्वा दर्ता गर्ने तयारी भई रहेको छ । पक्राउ परेका ब्यत्तिहरुको नामावली भने प्रहरीले दिन चाहेन । मुद्वा दर्ता भए लगत्तै नाम सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।


