गोरखा – उपचारको लागि चितवन पुगेकी गोरखा नगरपालिकाकी १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका १३ की ३३ बर्षिया महिलालाई उपचारको क्रममा चितवन मेडिकल कलेज जादाँ संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज (सोमबार) बिहान ६ः१५ बजे सूचना जारी गर्दै गोरखा नगरपालिका १३ कि महिला उपचारको क्रममा चितवन मेडिकल कलेज पुग्दा उनमा संक्रमण देखिएको हो ।
जिल्लाको सिमा नाका बाट नजिक रहेको चितवनमा उपचारका क्रममा जाने अधिकासमा अहिले कोरोना संक्रमण देखिएन थाले लगत्तै गोरखाको समुदाय स्तरमा नै कोरोना संक्रमितहरु धेरै रहेको अनुमान सहजै गर्न सकिन्छ ।





















