गोरखा – आफन्तको सम्झनामा गोरखा बोर्लाङमा २ लाख २ हजार २ सयको अक्षयकोष स्थापना गरिएको छ ।
भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका समाजसेवी स्व.पदमबहादुर श्रेष्ठको स्मृतिमा जन्मथलो बोर्लाङमा रहेको श्री सरस्वती माध्यामिक बिधालयमा १ लाख १ हजार १ सयका २ वटा अक्षयकोष स्थापना गरिएको हो ।
श्रेष्ठको स्मतिमा अमेरिकामा बस्दै आएका उनका छोरी प्रतिभा श्रेष्ठ, ज्वाई धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठले संयुक्त रुपमा ‘पदमबहादुर श्रेष्ठ स्मृति टुहुरो जेहेन्दार छात्रबृत्ति अक्षयकोष’ र मृत्तकका नाति अभिनव श्रेष्ठले ‘गरिब तथा जेहेन्दार दलित छात्रबृद्धिकोष’ गरी २ वटा भिन्न कोष स्थापना गरिदिएको सरस्वती माविले जनाएको छ ।
बिधालयमा आज (आइतबार) आयोजित एक कार्यक्रम बिच स्व.श्रेष्ठको सम्झना उहाँका छोरी ज्वाई र श्रीमतीको तर्फबाट १ लाख १ हजार १ सय रुपैयाकोे ‘पदमबहादुर श्रेष्ठ टुहुरो जेहेन्दार छात्रबृद्धि अक्षयकोष’ र नाती अभिवनले १ लाख १ हजार १ सय रुपैयाँको ‘ पदमबहादुर श्रेष्ठ गरिब तथा दलित जेहेन्दार छात्रबृत्तिकोष’ स्थापना गरिदिएको बिधालयका प्रअ रामचन्द्र पौड्यालले जानकारी दिए ।
अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट बार्षिक रुपमा बिधालयका टुहुरा जेहेन्दार तथा दलित जेहेन्दार बिधार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ । अमेरिकाबाट प्राप्त रकम स्व.श्रेष्ठको परिवारका तर्फबाट उनका नाती प्रितम श्रेष्ठले बिधालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष नारायण श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाका अवकास प्राप्त जमदार समेत रहेका श्रेष्ठको ८२ बर्षको उमेरमा यही असोज १५ गते उपचारका क्रममा काठमाण्डौंको छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा ज्यान गएको थियो ।


