गोरखा – गोरखा नगरपालिकामा आज थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नगर क्षेत्र भित्रका विभिन्न वडामा आज (आइतबार) ३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले सूचना जारी गर्दै गोरखा नगरपालिका २, ६ र ११ मा गरी ३ जना संक्रमण देखिएको जनाएको छ । उनीहरु सबै जना उपचारकोलागि चितवन मेडिकल कलेज पुगेका थिए ।
उपचारको क्रममा चितवन मेडिकल कलेज, चितवन फिभर क्लिनिकबाट उनीहरुलाई संक्रमण भएको पुष्टी भएको हो ।
संक्रमित मध्ये गोरखा नगरपालिका २ र ११ का महिला हुन भने ६ का पुरुष भएको पुष्टी भएको छ ।



