गायक बसन्त सापकोटा र गायिका रचना रिमालको स्वरमा समावेश ‘माया झ्यालैमा’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।
गीतमा बसन्तकै शब्द तथा संगीत छ । यो गीतको भिडियोमा मोडलद्धय श्रृष्टी खड्का र सुधिर श्रेष्ठको अभिनय छ ।
भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान काश्यपको सम्पादन छ । निशानले नै यो भिडियोको निर्देशन गरेका हुन् ।




















