नायिका केकी अधिकारी र गायक तथा नायक प्रकाश सपुत अनार चामलको ब्रान्ड एम्वेस्डर बनेका छन् । शनिबार प्रेसमिट गर्दै केकी र प्रकाशलाई अनार चामलको ब्रान्ड एम्वेस्डर रहेको घोषणा गरिएको हो ।
केकी अधिकारी विगत दुई बर्षदेखी अनार चामलको ब्राण्ड एम्बेसडरको रुपमा रहंदै आएकी छिन् भने प्रकाश सपुत यस बर्षदेखि आवद्ध भएका हुन् । ब्रान्ड एम्वेस्डरको अवधी एक बर्षको छ । केकी र प्रकाशले यो चामल सहित मायाको मुखैमा चिनी, बदला बरिलै लगायत अन्य आधा दर्जन लोक गीत र ‘परदेशी २’ फिल्ममा सहकार्य गरेका छन् ।
शान्भी ईन्टरनेशनल कम्पनिका अध्यक्ष भरत चलाउनेले चामलहरुको बीचमा अनार चामल फरक स्वाद सहित बजारमा आएको दाबी गरे । ‘नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरयुक्त अनार अब हर नेपालीको भान्सामा पाक्ने छ’, प्रेसमिटमा उनले भने ।
भिडियो :
<iframe width=”730″ height=”411″ src=”https://www.youtube.com/embed/X4RU8jjv9Zo” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


