गोरखा – गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबार र मनकामना मन्दिरको दशै घरमा जमरा राख्ने काम सम्पन्न भएको छ ।
घटस्थापनाको दिन आज धार्मिक वीधि अनुसार बिहान १० बजेर ४६ मिनेटमा जमरा राखिएको हो ।
गोरखा सदरमुकाममा रहेको गोरखकाली मन्दिरमा र गोरखनाथ मन्दिरमा २/२ पाथीको जौ को जमरा राखिएको छ भने मनकामना मन्दिरमा भने जौ र मकैको छुट्टाछुट्टै जमरा राख्ने काम सम्पन्न भएको छ ।
मनकामना मन्दिरमा भने बिगत देखी नै जाै र मकैकाे जमरा छुट्टाछुट्टै राख्ने चलन चल्ती रहेकाे मन्दिरका मुल पुजारी इन्सान बहादुर थापाले बताए ।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालका अनुसार गोरखा दरर्बारमा जमरा राखे पछि देशै भरी सबैको घर घरमा रहेको दशै घरमा जमरा राख्ने प्रचलन रही आएको छ । यसरी राखिएको जमरा दशमी अर्थात कार्तिक १० गते टिकाको दिन निकाल्ने गरिन्छ ।
दशै घरमा राखिएको जमरा मन्दिरमा आउने सबैले घर लगेर घरको जमरामा मिसाएर टिका लगाउदा सिरमा सिउने चलन छ । साथै आजै गोरखा दरर्बारमा देवीको सवारी चलाईएको थियो । प्रचलन अनुसार कैलासबाट देवीलाई आज दशै घरमा भित्राईएको छ ।
‘कोरोना महामारीका कारण दुवै मन्दिरमा यस पटक सर्व साधारणलाई उपस्थितीको लागि रोक लगाईएको छ । दशै भरी नै मन्दिरका पुजारीले नित्य पुजा संगै दशैंको विशेष पुजा गर्नेछन् ।


