गोरखा – गोरखा नगरपालिकाको देउराली क्षेत्रमा रहेको राजदेवी सामुदायिक बनमा अबलोकन र अन्तरक्रिया सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोत्ता महासंघ जिल्ला शाखा गोरखाको आयोजनामा अबलोकन र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गोरखा नगरपालिका १३ को मझुवा देउराली क्षेत्रम पर्ने बन पदाधिकारी र सरोकारवाला भित्र अन्तरक्रिया समेत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सामुदायिक बनको समस्याको बिषयमा आफु गंभिर भएको र यस बिषयमा आफुले संसदमा कुरा राखेर निकास दिने बताए ।
अन्तरक्रिया कार्यक्रममा सामुदायिक बनका सहभागी पदाधिकारीहरुले सामुदायिक बनको सम्पुर्ण अधिकार स्थानिय तह वा बन समितीलाई दिनुपर्ने, करको दायरामा ल्याउन नहुने, संघ, प्रदेश वा स्थानिय तहले बिकासको काम गर्दा समितिसंग समन्वय गरेर मात्र काम गनुपर्ने जस्ता कुरा राखेका थिए ।
पछिल्लो पटक सामुदायिक बन क्षेत्र भएर बिद्युत लाईन बिस्तार, सडक तथा कुलो र नहर बनाउदा सामुदायिक बनलाई जानकारी समेत नदिने र संघबाट सहमती पत्र लिएर आउने र रुख कटानी हुने गरेको भन्दै सहभागीहरुले त्यस्तो काममा आफुहरुलाई पनि सहभागी गराउन मन्त्रीलाई दवाव दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका मानप्रसाद घिताल, सामुदायिक बन उपभोत्ता महासंघ केन्द्रका नरबहादुर गुरुङ, नेकपा शान्त सिं बस्नेत, वडाध्यक्ष हरीबहादुर खनाल, गैसस गोरखाका हरी देवकोटाका साथै राजदेवी सामुदायिक बनका अध्यक्ष मदन भूजेलले समेत आ–आफ्नो धारणा राखेका थिए ।
१५९.५ हेक्टर क्षेत्रफलमा फैलिएको यो बन जिल्लाको उत्कृष्ठ सामुदायिक बन मध्ये १ हो ।


