गोरखा – गोरखामा आज नेपाल प्रहरीका ३ जना सहित ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकामा गरी थप ९ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार गोरखा नगरपालिका क्षेत्र भित्रका विभिन्न वडामा ८ जना र अजिरकोटमा १ जनामा कोरोना संक्रमण देखिएको छ ।
गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीका अनुसार केही दिन अगाडी गोरखा नगरपालिका ८ को मनकामना बहिरा आवासिय विद्यालयको क्वारिन्टीनम बस्दै आएका १४ जना नेपाल प्रहरीका जवानहरुमा कोरोना देखिए पछि संगै बस्दै आएका अरु जवानहरुको समेत रि स्वाब लिएर परिक्षण गर्दा थप ३ जनामा आज कोरोना संक्रमण पुष्टी भएको हो ।
त्यस्तै गरी गोरखा नगरपालिका पनि २ जनालाई कोरोना संक्रमण देखिएको छ । सहकारीमा काम गर्ने १ जना महिला र बिमा संस्थामा काम गर्ने १ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टी भएका मध्ये भारतीय सेनामा जागिर खाएर घर बिदामा आएका २ जनामा पनि संक्रमण देखिएको छ । उनीहरु गोरखा नगरपालिका ८ र ११ का १÷१ जना पुरुष भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शाखाले दिएको जानकारी अनुसार ७ मा बस्ने १ जना पुरुषमा पनि संक्रमण देखिएको छ । उनी धादिङमा शिक्षण पेशा गर्ने र घर बिदामा आएको बेला स्वाब संकलन गर्दा पोजेटिभ देखिएको हो ।
उता जिल्लाको अजिरकोट गाउँपालिका ६ को १ जना पुरुषमा पनि संक्रमण पुष्टी भएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
संक्रमित मध्ये गोरखा नगरपालिकाको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण भएको र अजिरकोटका पुरुषको चितवन मेडिकल कलेजमा स्वाब परिक्षण भएको हो ।




