पत्रकार, गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर रहेको गीतमा किरण माइकल घिमिरेको संगीत रहेको छ ।
लोकशैलीको गीतको भिडियो पनि बनेको छ । जसमा बालबालिकाले खेल्ने बेहुला बेहुली र राजा रानीको कथा बुनिएको छ । भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङको अभिनय देख्न सकिन्छ ।
यादव पुडासैनीले निर्देशन रहेको भिडियोमा नारायण रिजालको कोरियोग्राफी, सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।


