गोरखा – आज पनि गोरखाका केही बजार क्षेत्रहरुमा बिद्युत आपूर्ती बन्द हुने भएको छ ।
गोरखा बजारमा रहेको बितरण केन्द्र बितरीत ११ केभी बिद्युत लाईन वरपर र स्थानिय स्तरमा बितरण गरिएको बिद्युत लाइन बरपरका रुख तथा हागाँ काट्नपर्ने भए पछी आज पनि आपुर्ती बन्द हुने भएको हो ।
बितरण शाखाका अनुसार ११ केभी नयाँ बजार फिडर अन्तरर्गत गोरखा नगरपालिकाको हरमटारी, कालीमाटी, शत्तिचोक, बसपार्क, नयाँबजार, मान्द्रेढुङ्गा, सतिपिपल क्षेत्रमा बिधुत अबरुद हुनेछ भने महेन्द्रज्वोती अन्तरर्गतको ११ केभी फिडरमा समेत काम हुन भएको सो क्षेत्रको पनि बिद्युत आपुर्ती अबरुद्द हुने भएको छ ।
त्यस्तै गरी खोप्लाङ फिडरका साथै आँबु खैरेनी–सत्रसय फिडरमा पनि बिद्युत आपुर्ती बन्द हुने छ । बितरण शाखाका अनुसार बिहान १० बजे देखी साँझ ५ बजे सम्म बिद्युत आपुर्तीमा समस्या हुने छ ।
साँकेतिक तस्बिर




















