×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मास्कले छालामा असर र रोकथाम

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अहिले विश्व नै कोरोना महामारीले थलिएको छ । कोरोना भाइरसले जनजीवनमा त्रास मात्रै फैलिएको छैन, यसबाट बच्न र बचाउन मास्कको प्रयोग अनिवार्य बनेको छ । मास्कको नियमित प्रयोगबाट अनुहारको छालामा विभिन्न समस्या देखिन थालेको छ । मास्क लगाएको भागमा डन्डिफोर र साना फोकाहरू देखापर्ने गरेका छन् । यसलाई विभिन्न देशका छालारोग विशेषज्ञहरूले ‘मास्क एक्ने’ वा ‘मास्कने’ नाम दिएका छन् ।

    के हो त मास्कने ?

    मास्कले ओगटेको भित्रको छाला अर्थात् मुखको वरिपरि, गाला र चिउ“डोको भागमा तातो श्वास, पसिना, हावाको कमीका कारण संक्रमण हुने, एलर्जी हुने र छालाका छिद्रहरू बन्द भई साना फोकाहरू एवं डन्डिफोर आउनुलाई कोमोडोमिनल वा हर्मोनल वा फङ्गल एक्ने भनिन्छ । अहिले यसलाई मास्कने भनिन्छ । यसका साथै मास्कको नियमित प्रयोगले छाला अति सुख्खा हुने, चिलाउने, रातो हुने पोल्ने जस्ता समस्या देखिन थालेका छन् ।

    मास्कका कारण छालामा आएका समस्याबाट बच्ने उपाय ः

    छालाको विशेष हेरचाह

    अहिले लगभग दिनभरि मास्कको प्रयोग गर्नुपर्ने भएकाले नियमित रूपमा गरिने छालाको हेरचाहको तालिकामा जसरी पहिले मुख धुने तथा टोनर, मोस्चराइजर र सनब्लक लगाउने जस्ता प्रक्रियाहरू छन् । यसमा थोरै परिवर्तन गरी अनुहारमा लगाउने सौन्दर्य प्रसाधन सकेसम्म कम गर्नुपर्छ । एकमाथि अर्को प्रसाधन र त्यसमाथि पनि मास्क लगाउ“दा छालाको छिद्र बन्द हुने र त्यसले नै मास्कने हुन सक्छ । त्यसैले मास्क लगाउने भागमा पहिले राम्रोस“ग धोएर, हल्का प्रकारको मोस्चराइजर मात्र लगाउने र अनुहारको माथिल्लो भागमा सनब्लक लगाउनुपर्छ । राति अनुहारमा दुई पटक क्लिन्जिङ गर्नुपर्छ । यसो गर्दा दिनभर मास्क लगाएर हुन सक्ने कीटाणुको संक्रमण कम गर्छ । त्यसपछि टोनर, मोस्चराइजर राम्रोस“ग लगाउनुपर्छ ।

    मेकअपको कम प्रयोग

    मास्क लगाउने बेला आवश्यक नभए मेकअप प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । मेकअप गर्नुपरेमा विशेष प्रसाधन र तरिका अपनाउनुपर्छ । मेकअप गर्दा मास्क लगाइन्छ भन्ने कुरालाई ध्यानमा राख्दै सकेसम्म वेश कम गर्ने, फाउन्डेसन, कन्सिसलर, सेटिङ पाउडर, कम्प्याक्ट पाउडर, सेटिङ स्प्रेको प्रयोग नगरी हल्का मोस्चराइजरमाथि म्याट फिनिस पाउडर ड्याबिङ मोसनमा लगाउनु उपयुक्त हुन्छ । यतिमात्र लगाई वेश कम गर्न सकिन्छ । यसको सट्टामा आ“खाको मेकअप अलि आकर्षक गर्न सकिन्छ । फुल भोलम मस्कारा लगाउनुका साथै केसलाई विभिन्न आकर्षक तरिकाले बनाउन सकिन्छ । आ“खीभौंको आकर्षक मेकअप गर्न सकिन्छ । र, मेकअपको प्रसाधन ओइल फ्रि र म्याट हुनु जरुरी छ । लिपिस्टिक म्याटको प्रयोग गर्नु उपयुक्त हुन्छ । मास्कको प्रयोग गर्दा धेरै मेकअपले छालाको छिद्रहरू बन्द हुनुका साथै कीटाणुको संक्रमण सम्भावना धेरै हुने ह“ुदा वेश कम गर्नुपर्छ ।

    मास्क लगाउने तरिका

    सही तरिकाले मास्क लगाउन जरुरी छ । यसका लागि धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क पनि प्रयोग गर्न सकिन्छ । यस्तो मास्कलाई पुनः प्रयोग गर्दा राम्ररी धोएर घाममा सुकाएर लगाउनुपर्छ । एक पटक मात्र प्रयोग गर्न हुने मास्क पटक–पटक प्रयोग गरेमा स्वास्थ्यका साथै छालामा पनि असर पार्न सक्छ । मास्क लगाउ“दा मेकअप नबिग्रिनका लागि आफूले लगाउने मास्कको भित्री भाग सुख्खा टिस्यु पेपर राखेर लगाउ“दा मेकअप नबिग्रिनुका साथै कीटाणुको संक्रमण पनि कम हुन्छ । आफूले एक पटक मास्क फुकालेपछि सोही मास्क फेरि प्रयोग गर्दा पहिले जस्तै सुख्खा टिस्यु पेपर राखेर प्रयोग गर्नुपर्छ ।

    मास्कनेको उपचार विधि

    अहिले मास्कको प्रयोग गर्नेमध्ये ४५ प्रतिशत मानिसमा मास्कको कारण पिम्पल आउने, फोकाहरू आउने गरेको पाइन्छ । यस्तो समस्याबाट बच्नका लागि–

    – संक्रमण अर्थात् डन्डिफोर वा फोका आएको ठाउ“मा हातले छोइरहनुहु“दैन । छुनै परे साबुनपानीले हात सफा गरेर मात्र छुने ।

    – मेकअपको प्रयोग नगर्ने ।

    – साना फोकाहरू छ भने त्यसमा राति सुत्नुभन्दा अघि ग्लिसिरिन लगाउने । यसले साना फोकाहरूलाई राम्रोस“ग पकाउन र खिल निकाल्न सजिलो बनाउ“छ ।

    – डबल क्लिन्जिङ गर्ने । अनुहारमा एकै समयमा दुई पटक क्लिन्जिङ गर्नुपर्छ, जसले छालाको भित्रबाटै फोहोर र ब्याक्टेरिया सफा गर्छ ।

    – नियमित रूपमा टोनरको प्रयोग गर्ने ।

    – नियोसिनोमाइड भएको मोस्चराइजरको प्रयोग गर्ने ।

    – सनब्लकको प्रयोग गर्ने । यसको प्रयोग दिनमा नियमित गर्नुपर्छ, अनुहारको छालाका प्रकार अनुसार तैलीय छाला भए जेल वेश, सुख्खा भए क्रिम वेशको सनब्लक प्रयोेग गर्नुपर्छ । सनब्लक सकेसम्म हरेक दुई घण्टामा पुनः प्रयोग गर्नुपर्छ ।

    – फेस मास्क ः मास्कनेलाई घरमा पाउने फेस मास्क लगाएर पनि नियन्त्रण गर्न सकिन्छ । जसमा निमको फेस मास्क धेरै प्रभावकारी छ । अर्को मुल्तानी माटो पनि उपयोगी हुन्छ । घिउकुमारीको जेल, बेसनको पिठोमा बेसार र का“चो दूध मिसाएर प्रयोग गर्दा मास्कनेको समस्याबाट छुटकारा पाइन्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, कार्तिक ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गाेरखाबाट सुत्केरी महिलाकाे उद्वारगरी पाेखरा लगियाे
    बजार अनुगमनका क्रममा गुणस्तर हिन देखिएपछी ‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
    अक्सिजन सिलिन्डर विस्फोटमा परी पैदलयात्रीको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.