गाेरखा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा कम्तिमा पनि ५ जनाकाे मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवीन कार्कीले बताए ।
उनका अनुसार, अरूको उपचार भइरहेको छ । मृत्यु भैसकेकाहरुको पनि पहिचान भैसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उनले जानकारी दिए ।
आज बिहान पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिका तर्फ आउँदै गरेको स्कुल बस दुर्घटना परेको हो ।
दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए ।
दुर्घटनामा परेका सबै बिधार्थी १० कक्षामा अध्ययनरत भएकाे पनि प्रहरीले जनाएको छ ।


