गोरखा – गोरखाको २ स्थानिय पालिकामा थप ९ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भीमसेन थापा र आरुघाट गाउँपालिकामा गरी थप ९ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । यो सहित आज मात्रै निर्देशनालयले जिल्लामा कोरोना संक्रमण भएको तेस्रो सूचना जारी गरेको हो ।
निर्देशनालयका अनुसार भीमसेन थापा गाउँपालिका ४ को धावामा रहेकी ३४ बर्षिय महिलामा संक्रमण देखिएको छ ।
त्यस्तै गरी अन्य ८ जना भने आरुघाट गाउँपालिकामा देखिएको छ । आरुघाट गाउँपालिका ४ थुमीमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ भने ५ को आरुआरबाङमा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
आरुघाट गाउँपालिका १० को आरुचनौटेमा पनि २ जना पुरुषमा संक्रमण पुष्टी भएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमा परि स्वाब संकलन गरेर क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो ।
यस अघि आजै पालुङटार नगरपालिकामा ४ जना र गोरखा नगरपालिका १ जना संक्रमण देखि सकिएको छ ।



