गोरखा – ६५ औं प्रहरी दिवश आज गोरखामा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा शहिद प्रहरीको परिवार र कार्यरत प्रहरीलाई सम्मान गर्दै मनाईएको हो ।
जिल्ला समन्वय समितीको प्रांङगणमा गरिएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारीले विभिन्न ओहदाका प्रहरीलाई नगद सहित सम्मान गरेका थिए भने प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले शहिद प्रहरीको परिवारलाई दोसल्लाह ओडाएर सम्मान गरेका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलास) र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंङ थापा समेतले शुभ कामना मन्तब्य राखेका थिए ।








