पाँच दर्जनभन्दा बढी फुटकर गीत गाएर चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत ल्याएकी छन्।
पप, आधुनिक सबै खाले भाकाका गीत गाउँदै आएकी भए पनि नेपाल भाषा अर्थात् नेवारी भने दर्शनाको पहिलो गीत हो।
जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत र नरेन्द्र महर्जनको प्रस्तुति रहेको ‘चुली जाल न्हां’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक रुसिल अमात्य हुन् भने नेहा तामाङको कोरियोग्राफी रहेको छ। भिडियो गायिकाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
भिडियो:


