गोरखा – गोरखाको पालुङटारमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पालुङटार नगरपालिका ७ र ८ मा गरी ७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयले बिहीबार ६ः३० बजे सूचना जारी गर्दै पालुङटार नगरपालिका ७ मा ४ जना पुरुष र २ जना महिला तथा वडा नम्बर ८ मा १ जना महिलामा संक्रमण देखिएको पुष्टी गरेको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यत्तिहरु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । कार्यालयका अनुसार ८ मा ९ बर्षिया बालिका, ७ मा १० बर्षिया बालिका समेतमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी ८ मा १६ बर्षका बालकमा पनि संक्रमण पुष्टी भएको छ । संक्रमण देखिएका सबैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।
यो संगै गोरखामा संक्रमितहरुको संख्या ३४६ जना पुगेको छ ।



