गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले कोरोना संक्रमण झनै तिब्र गतिमा देखिन थालेको भन्दै स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न अपिल गरेको छ ।
कार्यालयले आज (बुधबार) एक सूचना जारी गर्दै नेपालीहरुको चाडबाड नजिकीदै गएको र ठुलो संख्यामा मानिसहरुको आवतजावत हुने भएकोले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न भनेको हो ।
कार्यालयले जारी गरेको सूचनामा ‘कुनै संक्रमितमा लक्ष्यण देखिएमा अस्पतालमा सम्र्पक राखी स्वास्थ्यकर्मीको सल्लाह अनुसार गनुहुन र स्वाब संकलन गरी परिक्षणको रिर्पोट नआएका तथा लक्ष्यण नभएका संक्रमितहरु जथाभावी हिडडुल नगरी स्वास्थ्य मापदण्डको पालना गरी आफ्नै घरमा वा आफ्नो पालिकाले तय गरेको स्थानमा बस्न’ भनेको छ ।
साथै ‘नजिकिदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वहरुमा हुने नित्य पुजापाठ गनुपर्ने बाहेकका मानिसहरु भेला जम्मा हुने गरी कुनै पनि उत्सव, कार्यक्रम, भजन, शुभ कामना आदान प्रदान, खेलकुद प्रतियोगिता जस्ता कुनै पनि कार्यक्रम तथा क्रियाकलाप नगर्नु नगराउनु’ सूचनामा भनिएको छ ।
यदी सूचनालाई अटेर गरी त्यस्ता कार्य गरेको पाईएमा संक्रमण रोग ऐन, २०२० अनुसार कारवाही हुने समेत जानकारी गराएको छ ।



