गोरखा – मेशिनरी तेलमा पानी मिसाएको भन्ने उजुरी परे पछी प्रशासनले सदरमुकामको एक मेशिनरी पसलमा छापा मारेको छ ।
प्रशासनको एक समूहले गोरखा सदरमुकामको हरमटारीमा रहेको मनकामना मिल मेशिनरी पसलमा छापा मारेर हो । टोलीले त्यहाँ रहेको केही तेल समेत आफ्नो नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका, प्रहरी र प्रशासनको संयुत्त टोलीले उत्त पसलमा छापा मारेर मिलमा प्रयोग हुने ‘ट्रान्समिसन आयल’ नियन्त्रमा लिएको हो । तेलमा पानी मिसाएर बेचेको उजुरी प्रसासन परे पछि उत्त टोलीले त्यहाँ रहेको तेल अनुसन्धानका लागी नियन्त्रणमा लिएको हो ।
ग्राहकलाई प्रतिलिटर ४५० रुपैयामा बिक्रि गरेको तेलको बोतलमा आधा भागमा पानी जस्तो देखिने पारदर्शी पदार्थ
माथि बाक्लो देखिने कालो पदार्थ स्पष्ट देख्न सकिन्छ । जिल्ला प्रसासन कार्यालय गोरखाबाट खटिएका रबिलाल सुवेदीले तेलमा पानी हो वा अन्य केही मिसावट यसै भन्न गारो हुने भएकोले ल्याबमा परीक्षणका लागि पठाउने तयारी भएको बताए ।
गोरखा नगरपालिका १ ताप्लेका टेकबहादुर पाण्डेले तेल खरिद गर्दा तेलमा पानी मिसिएको आंशका लागेपछि खरिद गरेको तेल र बिल सहित प्रसासनमा पुगेका थिए । आफुले बर्षौ देखी यही पसलबाट तेल खरिद गर्दै आएको भएता पनि अहिले खरिख गरेको तेलमा पानी मिसाएको जस्तो लागेर प्रशासनलाई खबर गरेको बताए ।
मनकामना मिल मेसिनरीका सञ्चालक रामबहादुर बस्नेतले तेलको ड्रम बाहिर भएकोले बर्षाका पानी पसेको हुन सक्ने भन्दै आफुहरुले तेलमा केही पनि मिसावट नगरेको बताए ।


