लोकप्रिय गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द, नारायण सुवेदी आभाषको संगीत रहेको छ । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।
रोमान्टिक भर्सनको गीतको भिडियोमा पनि एक प्रेमी जोडीको प्रेम र रोमान्स देखाइएको छ । भिडियोमा आकाश श्रेष्ठ र निलम चन्दको रोमान्स समेटिएको छ ।
गोदावरीमा छायाँकन गरिएको यस भिडियोमा बुद्द थापाको छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियोे निकेश खड्काले निर्देशन गरेका हुन् ।




















