गोरखा – गोरखामा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गण्डकी र धार्चे गाउँपालिकामा गरी थप १७ जनामा संक्रमण देखिएको हो ।
गोरखा नगरपालिका स्वास्थ्य शाखाले एक सूचना जारी गर्दै प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना जे लेखिएको भएता पनि आज संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका २, ६, ७ र १० को गरी ९ जनामा संक्रमण देखिएको जनाएको छ ।
जस मध्ये गोरखा नगरपालिका २ मा १ जना पुरुष, ६ मा १÷१ महिला पुरुष, ७ मा २ जना महिला र ३ जना पुरुषका साथै १० मा १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
गण्डकी गाउँपालिका पनि ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिका १ को वडा सचिवलाई संक्रमण भएको छ ।
त्यस्तै गरी वडा नम्बर ८ मा हाइड्रो पावरमा काम गर्ने २ जना २ जना स्थानियका साथै वडा नम्बर ७ मा विदेशबाट आएका ब्यक्तिको परिवारका सदस्य र अर्का १ जना स्थानियलाई संक्रमण पुष्टी भएको हो ।
धार्चे गाउँपालिकामा संकलित स्वाब परिक्षणका क्रममा त्यस क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाका १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
धार्चेमा कोरोना संक्रमण देखिएका ब्यत्ति श्री स्वाराँ सघन गाउँ विकास केन्द्रमा काम गर्ने पुरुष कर्मचारी भएको पुष्टी भएको छ ।
संक्रमित सबैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
यो संगै गोरखा जिल्लाका कोरोना संक्रमितहरुको संख्या ३३९ जना पुगेको छ ।
निर्देशनालयले जारी गरेको सूचना भने गण्डकी गाउँपालिका १, ६, ७, ८ र १० नम्बर वडामा १६ जनामा संक्रमण पुष्टी भएको जनाएको छ ।























