गीतकार विष्णु गैरेको दशैं गीत सार्वजनिक भएको छ। हरि लम्सालको संगीत र स्वर रहेको दशैं गीत ‘आउँछु भन्थेँ’ सार्वजनिक भएको हो।
भाइब्रेसन मिडियाको युट्युबमार्फत सार्वजनिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्।
भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलियालगायतका कलाकारहरुको अभिनय रहेको छ।
नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, विदेश जानुअगाडि राखिने सोँच, विदेश पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले समेटेको गरेको छ।


