कविता
समीक्षा भट्टराई
गो.न.पा. ४ फिनाम
आफैलाई लाग्छ पृथ्वी कति निर्मम बनिरहेछ !
कसैको सुख देख्न नसक्ने कसैको सुख सुन्न नसक्ने
जताततै छटवटी चेतना शुन्य मानिसहरु
आमा कति भयानक छ तिमीले र मैले बाचेको समय ?
जताततै असुरक्षाका पहाड कसरी चड्ने हो ?
आमा हामी छोरी भएकै कारण कतिजनासँग डराउनु पर्ने हो ?
मलाई प्रश्न सोध्न मन छ हामीले बाचेको समय उस्तै हो कि !
हामी नै उस्तै हो भनिदेउ न आमा मलाइ जान्न मन छ ?
म मेरो बुवाको काखसँग, अनि दाजुको अगालोसँग सुरक्षित छु कि छैन ?
मलाई जान्न मन छ मेरो बुवा, दाजु मामा, काका आफ्नै गुरु,
अनि आफुसँगै खेल्ने साथीसँग खेल्न मैले डराउनुपर्ने हो ?
उनीहरुको व्यवहारलाई शंकाको नजरले हेर्नुपर्ने किन ?
साँच्चै मलाई जान्न मन छ असुरक्षाको पहाड किन ?
आमा मलाई जान्न मन छ छोरा मानिसहरु साँच्चै कठोर हुन्छन् हो ?
उनीहरुलाई कसैको पीडाले छुदैन, दुख्दैन हो ?
आफ्नै जिन्दगी र समयसँग कति धेरै असुरक्षा
कति धेरै छटपटी गुनासोे आफैले बाँचेको पुस्तासँग
कलिला नानी देखि वृद्ध हजुरआमासम्म वलाकृत हुँदा मेरो समाज किन मौन छ ?
मलाई जान्न मन छ आफ्नै छोरी अन्यायमा पर्दा न्याय माग्न नसक्ने आमासँग…………….


