गोरखा – गोरखाको उत्तरी क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै पालिका भित्र काम बिशेषले बाहेक प्रबेशमा प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाको गत शुक्रबारको मिटीङले काम बिशेषले आउने बाहेक अन्यलाई तत्कालको लागि गाउँपालिका भित्र प्रबेशमा रोक लगाएको हो । ‘केही साता यता ब्यापारको नाऊमा जस्तो ब्यत्तिपनि गाउँपालिका प्रबेश गरेर’ भन्दै ‘स्थानियको आग्रह र वडाध्यक्षहरुको राय सल्लाहमा कुनै पनि बहानामा गाउँपालिका प्रवेश गर्नेहरुलाई तत्कालको लागि रोक लगाएको’ उपाध्यक्ष कुमारी गुरुङले बताईन ।
गाउँपालिका प्रवेशको लागि मुख्य प्रवेशद्वार जगतमा नै बाहिरबाट आउनेलाई हिजो (मंगलबार) देखी रोकिएको छ । बिशेष काम बाहेकका अन्यलाई गाउँपालिकाको अर्को बैठक नहुदा सम्म प्रवेशमा रोक लगाईएको चुमनुब्री गाउँपालिका ३ का वडाध्यक्ष रामकुमार गुरुङले बताए । ‘गाउँपालिका जाने यो नै मुख्य प्रवेशद्वार हो । कोही पनि काम विशेषले आउछ भने मलाई वा स्वास्थ्य शाखा प्रमुखलाई सम्र्पक राखेर उपयुत्त देखिएमा जान दिने गरी बैठकले निर्णय गरेको’ गुरुङले बताए ।
केही साता यता उत्त क्षेत्रमा कुखुरा, सुकुटी, मासु तथा लत्ताकपडा बिक्री गर्ने भन्दै हुलका हुल मानिस प्रवेश गरे पछि स्थानियको गुनासोको आधारमा गाउँपालिकाले सबै वडाध्यक्षको राय सल्लाहमा गाउँपालिका भित्र प्रवेशमा रोक लगाएको गाउँपालिकाले जनाएको छ ।
सडक सञ्जालले नजोडीएको उत्त गाउँपालिकामा संक्रमण फैलिएको खण्डमा जडिल समस्या हुने देखिए पछि तत्कालको लागि अत्यावश्यक काम बाहेका अन्यलाई प्रवेशमा रोक लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए ।
बैठकले प्रतिबन्ध संगै सामानको समस्या हुन सक्ने भन्दै सामान ढुवानीको लागि खच्चडको प्रवेशलाई खुल्ला गरेको छ । त्यस क्षेत्रको ढुवानीको मुख्य साधन भनेकै खच्चड हो ।
बौध धर्मालम्बीहरुको बाहुल्यता रहेको उत्त क्षेत्रमा वडा दशै मनाउने प्रचलन खासै देखिदैन । तर पनि गाउँपालिकाको केन्द्र रहेको सिर्दीबास क्षेत्र सम्म केही समुदायले दशै मनाउने र दशैका लागि स्थानिय बाहिरबाट गाउँपालिका आउने भए पछि उनीहरुलाई घरमा नै क्वारिन्टीनमा ७ दिन बस्ने गरी मात्र प्रबेश दिने निर्णय भएको समेत गाउँपालिकाले जनाएको छ ।


