गोरखा – गोरखा क्याम्पसका आइसोलेसनमा भएका २ स्थानिय तहका ३ जना आज डिस्चार्ज भएका छन् ।
गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाका ३ जनाले कोरोनालाई जिते पछि डिस्चार्ज गरिएको गोरखा अस्पतालले पुष्टी गरेको छ ।
डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका २ का २ जना र भीमसेन थापा गाउँपालिकाका १ जना गरी ३ जना पुरुषहरु छन् ।
गोरखा अस्पतालले आज एक सूचना जारी गर्दै गोरखा नगरपालिका ८ का ३२ र ११ का २५ बर्षका पुरुषलाई डिस्चार्ज गरिएको हो । त्यस्तै गरी भीमसेन थापा गाउँपालिका ३ का २९ बर्षका पुरुष पनि आजै डिस्चार्ज भएको छ ।
डिस्चार्ज गरिएका सबैको राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जन स्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षण नेगेटिभ आए पछि र १४ दिन आइसोलेसनमा बसे पछि डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।



